आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 1.9K
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा

    काठमाडौं-  नेपाललाई चीनले ऋणको पासोमा पारेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा परिचर्चा हुन थालेको छ । गत वर्ष जनवरीमा उद्घाटन भएको विमानस्थलमा एक वर्ष बित्न लाग्दा एउटा पनि अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छैन । 

    बरु विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत थालेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सरकारको स्वामित्वमा भएको सिनोम्याचको भगिनी कम्पनी सिएएमसी इञ्जिनियरिङले निर्माण गरेको थियो ।

    गत अक्टोबर १६ मा अमेरिकाको प्रसिद्ध सामचारपत्र न्युयोर्क टाइम्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे रिपोर्ट प्रकाशित गरेको थियो ।

    जसमा बाहिर चर्चामा नभएका केही तथ्य उल्लेख थिए । रिपोर्टमा सिएएमसीका एक सहायक प्रबन्धक, नेपाल नागरिक उड्यन प्राधिकारणका कर्मचारी र पोखरा विमानस्थल निर्माणकालमा केही समय निजी परामर्शदाता रहेका नेपाली इञ्जिनियर मुरारी गौतमलाई उद्धृत गर्दै निर्माणका क्रममा मिलोमतो गरेर कमजोर गुणस्तरको विमानस्थल बनाइ सिएएमसीको मुनाफा बढाइएको दाबी गरेको थियो । अन्तर्राष्ट्रिय विश्वासनीयता अभावको कारण उडान हुन सकिरहेको छैन । 

    न्युयोर्क टाइम्सले आइतबार एक अर्को समाचार प्रकाशित गर्दै आफ्नो रिपोर्टपछि अख्तियारले पोखरा विमानस्थलको निर्माण अवधिमा भएका अनियमतिता र भ्रष्टाचारबारे छानबिन सुरू गरेको दाबी गरेको छ ।

    टाइम्सले अख्तियारका प्रवक्ता भोला दाहालले पोखरा विमानस्थलसम्बन्धी कागजात आयोगले नियन्त्रणमा लिएको तर, छानविन प्रारम्भिक चरणमा रहेको हुँदा अहिले नै केही बताउन नसकिने स्वीकार गरेको लेखेको छ ।

    विमानस्थलको गुणस्तर सुनिश्चित नभएको र निर्माण अवधिमै त्यस्तो अनियमितता भएको भन्दै आयोगमा २० भन्दा बढी उजुरी परेको बताइन्छ ।

    नागरिक उड्डयन प्राधिकारणका उपमहानिर्देशक जगन्नाथ निरौलाले पनि टाइम्ससँग विमानस्थलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको स्वीकार गरेका छन् ।

    चिनियाँ विदेश मन्त्रालयले भने ‘त्यस्तो छानबिनमा आफ्नो कुनै सरोकार नरहने, त्यो नेपालको कानुनअनुसार हुने’ बताएको उल्लेख छ ।

    चीनले पोखरा विमानस्थललाई ‘बीआरआई परियोजना’ दाबी गर्दै आएको छ । तर, नेपालले भने चीनको यस्तो दाबीलाई स्वीकार गरेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०८२१२:३७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend