नयाँ दिल्ली - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्टरबिच बुधबार भेटवार्ता भएको हो ।
इनरुवा–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल र भारतबिच सम्झौतामा हस्ताक्षर विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, र दुवै देशबिच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
भेटमा भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत् सचिव पङ्कज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।