काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन्। सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए। प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए।
उनले भने,‘पहिला प्राधिकरण धाउने अवस्था थियो,अहिले फेरियो,बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ।’ उनले लोडसेडिङको अन्त्य गरि ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।