सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित शहर

काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित शहर

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १९ २०८१

  • 738
    SHARES

  • काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित शहर

    काठमाण्डौ । प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ । सूचक घटबढ भइरहन्छ ।

    आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डौ विश्वकै दोस्रो नम्बरमा परेको हो  ।

    एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।

    मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ । सुक्खा मौसममा डढेलो लाग्ने दर उच्च हुँदा वायु प्रदूषण बढेको विभागका उपमहानिर्देशक सैलेशकुमार झाले बताउनुभयो ।

    उहाँका अनुसार क्रस बोर्डर धुलो धुवाँको प्रदूषणका रूपमा भारतबाट डढेलोको धुवाँ नेपाल आइरहेको र यहाँका वन क्षेत्रमा पनि केही हप्तादेखि डढेलो लाग्ने क्रम उच्च बन्दै गएकोले वायु गुणस्तर खराब अवस्थामा छ । भारतको प्रदूषण माथिल्लो वायुमण्डलबाट नेपाल भित्रिरहेको उहाँले जानकारी दिनुभयो ।

    वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागका उपमहानिर्देशक झाले अनुरोध गर्नुभयो ।

    उहाँले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने र अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्न सुझाव दिनुभएको छ ।

    विभागले थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्न, फोहोर नजलाउन, धेरै धुवाँ फ्याँक्ने गाडीको नियमित जाँच र मर्मत गर्न, उद्योग तथा कलकारखानामा स्वच्छ उर्जा प्रयोग गर्न आग्रहसमेत गरेको छ । वायु प्रदुषण धेरै हुँदा भिजिबिलिटी कम भएर हवाई उडानसमेत प्रभावित बन्ने गरेको छ ।

    धुवाँधुलोसहितको प्रदूषण बढ्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु पनि मुख्य कारण रहेको मौसमविद्ले बताएका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले सुक्खा खडेरीसँगै डढेलो पनि बढ्ने भएकाले प्रदूषण कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १९ २०८१०९:२५:२९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend