काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
विज्ञप्तिमा “चैत १८ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” उल्लेख छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।