सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र १६ २०८१

  • 960
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

    काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ।

    गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए।  

    सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो।

    पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो।

    गृह मन्त्रालयले सबै पूर्वविशिष्ट व्यक्तिलाई समान सुरक्षा व्यवस्था उपलब्ध गराउने निर्णय गर्दै पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ जना सुरक्षाकर्मी घटाएको जनाएको छ।  

    त्यसै गरी गृह मन्त्रालयले पूर्वराजाको सुरक्षामा तैनाथ युनिट नै परिवर्तन गरेको छ। यसअघि पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलका जगदीश हमाल नेतृत्वको टोलीमा सुरक्षाकर्मी खटाइएकोमा त्यसलाई हटाएर मन्त्रालयले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक नेतृत्वमा १६ जना सुरक्षा टोली खटाएको हो ।  

    राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उसका हरेक गतिविधिमाथि निगरानी बढाउँदै प्राप्त सुविधा कानुनबमोजिम कटौती गर्ने तयारीसमेत गरेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०८१०७:००:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend