सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पत्रकार महासंघको ७० औँ स्थापना दिवस आज, औपचारिक कार्यक्रम नहुने

पत्रकार महासंघको ७० औँ स्थापना दिवस आज, औपचारिक कार्यक्रम नहुने

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र १५ २०८१

  • 669
    SHARES

  • पत्रकार महासंघको ७० औँ स्थापना दिवस आज, औपचारिक कार्यक्रम नहुने

    काठमाडौं । नेपाल पत्रकार महासंघले आज आफ्नो ७० औं स्थापना दिवस मनाउँदैछ। बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवस मनाउन पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए। 

    विकसित घटनाक्रमका कारण स्थापना दिवसलाई पत्रकार हत्या र सञ्चारगृह तथा संचारकर्मीमाथिको हमालविरुद्ध आन्दोलनका पमा शोक र विरोधसभा गरी मनाउन लागिएको महासंघले जनाएको छ। राजावादीको आन्दोलन हिंसात्मक बन्दा हिजो तीनकुनेमा पत्रकार सुरेश रजकले ज्यान गुमाए भने केही सञ्चारगृह र सञ्चारकर्मीमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका थिए। त्यसविरुद्ध महासंघको केन्द्रीय समितिले काठमाडौंको माइतीघरमा बिहान विरोधसभा गरेको छ।

    विभिन्न जिल्ला र प्रदेश समितिले पनि आफूअनुकुल ‘पत्रकार हत्या र सञ्चारमाध्याममाथि भएको ज्यादतीका’ विरुद्ध विरोध सभा गर्ने महासंघले जनाएको छ। 

    २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ गते संघलाई महासंघमा रूपान्तरण गरिएको थियो। संघ स्थापना भएको दिनलाई नै आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १५ २०८१०९:५१:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend