काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात हुने जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो ।
प्राधिकरणका अनुसार नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको हो । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात भइरहेकोमा अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट बिजुली आयात हुनेछ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ ।
चैत ३ यता प्राधिकरणले भारतबाट दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ । अब भारतबाट आयात बढेपछि उद्योगहरुमा भइरहेको लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ । अहिले उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।