आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेयर बजार ५५.९० अङ्कले घट्यो

शेयर बजार ५५.९० अङ्कले घट्यो

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र ११ २०८१

  • 822
    SHARES

  • शेयर बजार ५५.९० अङ्कले घट्यो

    काठमाण्डाै । ६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नारायणी विकास बैंक समूहको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ । नेप्से उच्च अङ्कले घटेको दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंकको डिबेन्चर २०८६ भने साढे ४ प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०४:०८:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend