सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० भन्दा बढी घर जोखिममा

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० भन्दा बढी घर जोखिममा

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १० २०८१

  • 744
    SHARES

  • प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० भन्दा बढी घर जोखिममा
    तस्बिर : रासस

    काठमाण्डौ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा १० घण्टादेखि आगलागी भइरहेको छ । आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिनुभयो ।

    उद्योगमा काठ र अरू कच्चा पदार्थ धेरै भएकाले आगो निभाउन समस्या भएको छ । छ वटा दमकलबाट आगो निभाउने प्रयास भइहेको र आसपासका जिल्लाबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । उद्योगमा बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकालिएको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा लगिएको उहाँले बताउनुभयो ।

    आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि आगो लागेको हो । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १० २०८११२:४५:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend