काठमाडौं । भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिएका छन् ।
मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोटको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई मृत भेटिएका हुन् ।
उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको दाहिने कानको छेउ र टाउकामा चोट लागेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
घटनास्थल आसपास रगत लतपतिएको ढुंगा समेत फेला परेकोले उनको हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ । शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।
घटनामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।