सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चट्याङ लागेर ४० भेडा मरे

चट्याङ लागेर ४० भेडा मरे

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र ८ २०८१

  • 993
    SHARES

  • चट्याङ लागेर ४० भेडा मरे

    सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन्।

    चट्याङ लागेर मकालु–३ सिम्माका टेकबहादुर मेघीका ४० वटा भेडा मरेका हुन्। सिद्धानेखर्क भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।​

    भेडीगोठमा रहेका २५० भेडामध्ये खर्कमा चट्याङ लागेर ४० वटा भेडा मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। शुक्रबार राति १२ बजे वर्षासँगै परेको चट्याङले ती भेडा मरेको लामिछानेले बताए। रातको समयमा भेडीगोठमा हावाहुरीसँगै असिना चट्याङ परेर भेडा एकै ठाउँ मरेका हुन्।

    ४० वटा भेडा मर्दा लाखौँ रुपैयाँको क्षति भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ७ घण्टाको पैदल दूरीमा पर्छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    घटनाको थप जानकारी लिन इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०८१०७:५६:५८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend