सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय राजदूतावासले मनायो ६० औँ आइटेक दिवस

भारतीय राजदूतावासले मनायो ६० औँ आइटेक दिवस

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र ८ २०८१

  • 462
    SHARES

  • भारतीय राजदूतावासले मनायो ६० औँ आइटेक दिवस

    काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

    समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गरे ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताअनुसार थप अनुकूलित कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

    महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाए।

    समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा भारतको सांस्कृतिक समूह ‘यज्ञ’द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुती गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज प्रस्तुत गरियो ।

    सो अवसरमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी र भारतीय शैक्षिक संस्थाका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए ।

    अन्तरराष्ट्रिय क्षमता निर्माणका लागि पुरानो संस्थागत व्यवस्थामध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो । जसले १६० भन्दा बढी देशका दुई लाख बढी अधिकारीलाई तालिम दिएको छ ।

    सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न  पेशाकर्मीलाई भारतका विभिन्न प्रमुख संस्थानमा विभिन्न कोर्षको लागि तालिम दिइएको थियो ।

    सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानमा नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षको व्यवस्था गरिएको थियो । नेपालबाट विगत १५ वर्षमा तीन हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०८११२:१५:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend