विराटनगर । घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका- २ स्थित दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका उनलाई करिब ५ घण्टामा प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर-२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएको र उनलाई रानी एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।