सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल–भारत विकास सहयोग परियोजना : मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन

नेपाल–भारत विकास सहयोग परियोजना : मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र ५ २०८१

  • 1.2K
    SHARES

  • नेपाल–भारत विकास सहयोग परियोजना : मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन

    काठमाडौं । नेपाल–भारत विकास सहयोग परियोजना अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । 

    तीन करोड नेपाली रुपैयाँ लागतमा बन्न लागेको परियोजनाको बुधबार (आज) जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

    उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

    ‘नेपाल–भारत विकास सहयोग’ परियोजना अन्तर्गतको भारत सरकारको अनुदानमा  विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको र मकवानपुरको जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरिएको भारतीय  राजदुतावास द्वारा जारी विज्ञप्तीमा उल्लेख गएिको छ । 

    e3e7e018-3f4e-4657-87d5-be50148259ea.jpg

    जनकल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो र सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा करिब ८ सय ५० विद्यार्थीहरू रहेका छन् जसमध्ये ५४% छात्राहरू रहेका छन् ।

    65563bee-2dc4-4c26-b072-6bce3f513755.jpg

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले निर्माण गरिएको पूर्वाधारले मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै उक्त क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन पनि मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ५ २०८१०५:२३:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend