काठमाण्डौ । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका दश जना बिरामी भएका हुन् ।
बिरामी हुनेहरूमा नारायण मगरसहित व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव पुलामी, सीता पुलामी र चार वर्षीय सबिन पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो बेलुका उनीहरूले च्याउ खाएका थिए । सबै बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।