सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू

वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू

  • मिडिया डबली डेक्स
  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 579
    SHARES

  • वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू

    काठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो ।

    फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई काठमाण्डौको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ ।

    नेवारी परम्पराअनुसार यसलाई चीर स्वाये भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याएर दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

    यसैबीच मिथिलाञ्चलमा हिजैदेखि होली पर्व शुरू भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा हिजो महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व शुरू भएको हो ।

    त्रेतायुगमा राम र जानकी विवाहपछि विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका र त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ्ग खेलेको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’मनाउने गरिन्छ ।

    योसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्व शुरू हुने परम्परा छ । यस वर्ष पहाडी भेगमा आउँदो २९ गते र तराई भेगमा चैत १ गते होली पर्व मनाइँदैछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०८११०:२४:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend