सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अमेरिकाले फिर्ता गरेका ८ जनालाई अध्यागमनले छोप्यो

अमेरिकाले फिर्ता गरेका ८ जनालाई अध्यागमनले छोप्यो

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण २१ २०८१

  • 1.3K
    SHARES

  • अमेरिकाले फिर्ता गरेका ८ जनालाई अध्यागमनले छोप्यो

    काठमाण्डाै । अमेरिकाले आज बिहान काठमाण्डौ ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

    बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

    अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो । प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने विश्वास लिएको जनाएको छ ।

    डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ सहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । जसमध्ये २८ जना नियमित उडानबाट र आज ८ जना चार्टर्ड विमानमा आएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०८१०२:१४:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend