फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको मंगलबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा बन्न लागेको भवनको आज शिलान्यास गरिएको हो ।
नेपाली रुपैयाँ ४ दशमलव ३३१ करोड परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भइरहेको कार्यक्रममा बताइएको थियो । भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको र यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको तथा तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको कार्यक्रममा जानकारी गराइएको हो ।
तुलसीपुर उप–महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरेका थिए । उनिहरुले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइएका छन् र ४ सय ९५ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।