सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो, निभाउने प्रयास जारी

पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो, निभाउने प्रयास जारी

  • मिडिया डबली डेक्स
  • मंगलवार, फाल्गुण २० २०८१

  • 1.1K
    SHARES

  • पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो, निभाउने प्रयास जारी

    काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ ।

    स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।

    ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने ।

    एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०८११०:३७:२९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend