काठमाडौं । नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले यसबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
‘पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने,’ महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।