सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण १८ २०८१

  • 822
    SHARES

  • चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन्। घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको काफ्लेको भनाइ छ। घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ। सुकुमायालाई भने थप उपचारका लागि हेटौँडा पठाइएको छ। 

    साँझ हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो। हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवासमेत अवरुद्ध भएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०८१०८:१८:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend