सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा

पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा

  • मिडिया डबली डेक्स
  • मंगलवार, फाल्गुण १३ २०८१

  • 684
    SHARES

  • पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा

    काठमाण्डौ । भोलि महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ।

    महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० वटा उपसमिति गठन भएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो ।

    भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले गएको वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेको हो ।

    कोषका अनुसार पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहनेछ । भोलि बिहान २ बजेर ३० मिनेटदेखि पर्सि बिहान ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहने पनि कोषले जनाएको छ । यस समयावधिमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष दर्शन गर्ने कोषको अनुमान छ ।

    पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने ठाउँको सहज पहुँचको व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ ।

    यस्तै सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो ।

    महाशिवरात्रिमा छिमेकी देश भारतलगायत तेस्रो देशबाट समेत हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १३ २०८१०९:३१:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend