सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र

उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण ११ २०८१

  • 690
    SHARES

  • उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र

    काठमाण्डाै – डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवादमा विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाट्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । सरकारले गठन गरेको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय गरी तथ्य स्थापित नहुन्जेल उद्योगको लाइन नकाट्न भन्दै आयोगले प्राधिकरणलाई पत्र पठाएको हो ।

    सरकाले यसअघि अरविन्दकुमार मिश्रको संयोजकत्वमा बक्यौता रकम जाँच गर्न प्राविधिक समिति गठन गरेको थियो । आयोगले अर्को निर्देशन प्राप्त नभएसम्म डेडिकेटेड तथा ट्रंकलाइन उपभोक्ताउपरको कारबाही यथास्थितिमा राख्न र बक्यौता असुलीको कामलाई भने निरन्तरता दिन आग्रह गरेको छ । बक्यौता असुलीको कार्यलाई निरन्तरता दिने क्रममा गएको कात्तिक १४ गते यता भएका प्रगतिका बारेमा जानकारी दिन पनि आयोगले निर्देशन दिएको छ ।

    त्यसरी प्रगतिको जानकारी गराउँदा उपयुक्त अनुपातमा आवधिक रकम तोकेर सम्बन्धित ग्राहकबाट किश्ताबन्दीमा वा पूरै असुलउपर भएको भए त्यसको विवरण खुलाउन आयोगले भनेको छ । बक्यौता असुल गर्ने क्रममा विद्युत लाइनविच्छेदको कारबाही भयो भने प्राधिकरणले त्यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर गरी क्षति हुने कुरामा ध्यान दिन पनि आयोगको आग्रह छ ।

    यसअघि गएको मंसीरमा पनि आयोगले उद्योगहरूको विद्युत् नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो । २०७५ सालदेखि शुरु भएको डेडिकेटेड तथा ट्रंक लाइन विवाद अझैसम्म समाधान हुन सकेको छैन । सरकारले पछिल्लोपटक टीओडी मिटरसमेतका आधारमा बक्यौता रकम पुनः गणना गरी असुल उपर गर्ने निर्णय गरे पनि त्यो निर्णयको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवज्ञा गर्नुभएको छ ।

    त्यसपछि ऊर्जा मन्त्रालयले राष्टिय योजना आयोगका पूर्वसदस्य मिश्रको संयोजकत्वमा प्राविधिक समिति गठन गरे पनि त्यो समितिलाई पनि घिसिङले असहयोग गर्दै आउनुभएको छ । प्राविधिक समिति कानुनसम्मत नभइको घिसिङको दाबी छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०८१०९:३०:४३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend