काठमाण्डौ । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।
नेपाल सरकारलाई यसबारे फागुन दुईमा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।
अर्थ मन्त्रालयले विज्ञप्तीमार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी गराएको हो ।
विज्ञप्तीमा भनिएको छ,‘एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० तारिखमा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार कार्यक्रम रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।