काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोज टोली पुगेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शङ्कास्पद वस्तु भएको सूचना पाएपछि अनुसन्धानका लागि टोली खटाइएको जानकारी दिए।
हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ भने एम्बुलेन्सहरू पनि उक्त स्थानतर्फ गइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।