आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँदैन : प्रचण्ड

फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँदैन : प्रचण्ड

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २२ २०८१

  • 1.7K
    SHARES

  • फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँदैन : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकारलाई आफूले संविधान विरोधी भनेर त्यसै नभनेको बताएका छन् । 

    मंगलबार म्याग्दीको बेनीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र स्थापित नियम र मान्यता विरोधी भएको बताएका हुन् । 

    ‘संविधानमा प्रस्टसँग भनिएको छ– संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत लिन खोज्यो र भोटिङमा हार्‍यो भने ७६ को ३ मा गएर सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउनुपर्नेछ प्रस्ट लेखिएको छ’, प्रचण्डले भने, ‘तर मैले ७६ को २ अनुसार भोटिङमा गएँ, म विजयी नभएपछि ठुलो पार्टीको नेताको नेतृत्वमा सरकार बन्नुपर्नेमा फेरि ७६ (२) अनुसार दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यसकारण यो असंवैधानिक सरकार हो ।’

    उनले यसरी बनेको सरकारबारे गहिरोसँग बुझ्ने हो भने संविधान मिच्ने हिजोदेखिको केही पार्टी र नेताहरूको कोशिसको निरन्तरता भएको पनि बताए । 

    ‘संविधानलाई मिचेर नेपाली जनतामाथि निरंकुशता लाद्ने’, उनले यो सरकारलाई आफूले लोकतन्त्र विरोधी पनि भन्ने गरेको बताए । 

    ‘किनभने सामान्यतः लोकतन्त्र भन्ने सिस्टममा संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै बनाउँदैनन्’, प्रचण्डले हिन्दुस्तानमा कांग्रेस आइ र विजेपी मिलेर अहिलेसम्म सरकार नबनेको बताए । उनले मिल्नै नमिल्ने तत्त्वहरू भ्रष्टाचारको रक्षा र जनतामाथि निरंकुशता लाद्न मिलेको प्रस्ट्याए । उनले अप्राकृतिक सरकार भएको पनि बताए । 

    अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको पनि बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २३ २०७९१०:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend