सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुडानमा कम्तीमा ५६ जनाको ज्यान जाने गरि झडप

सुडानमा कम्तीमा ५६ जनाको ज्यान जाने गरि झडप

  • एजेन्सी
  • आइतवार, माघ २० २०८१

  • 606
    SHARES

  • सुडानमा कम्तीमा ५६ जनाको ज्यान जाने गरि झडप

    सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन्।

    सुडानको नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन्। यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ। 

    ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ।

    ‘तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो। पीडित र घाइतेको सङ्ख्या संकलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छँ, प्रत्यक्षदर्शी एक घाइते व्यक्तिले एएफपीलाई बताए।

    स्थानीय संकटकालीन सेवा (ईआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

    आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन्। ​ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।

    युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ११ २०८११२:१३:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend