सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ १ २०८१

  • 852
    SHARES

  • माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ ।

    सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने आज सार्वजनिक कार्य तालिकामा उल्लेख छ ।

    परीक्षार्थीले रजिस्ट्रेसन परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सीधै यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०८१०७:०६:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend