आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बजारसँगै कारोबार रकम पनि घट्यो

बजारसँगै कारोबार रकम पनि घट्यो

  • मिडिया डबली डेक्स
  • आइतवार, पौष २८ २०८१

  • 1.2K
    SHARES

  • बजारसँगै कारोबार रकम पनि घट्यो

    काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से दोहोरो अङ्कले घटेको दिन विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १ वटा कम्पनीका ८० करोड २१ लाख कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०४:०८:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend