काठमाडौँ - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।
हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए ।
नयाँ दल जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।