सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने

  • मिडिया डबली
  • शनिवार, बैशाख २२ २०८१

  • 1.1K
    SHARES

  • काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

    यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ ।  पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।  गुल्मी जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो ।

    आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् ।  यस्तै, वैशाख ८ र ९ गते इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो ।

    यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।  सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।  

    महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।  जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् ।

    यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २२ २०८१०९:४९:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend