सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल भारत मैत्री संघले दियो जरलहवा बस्तीमा आगलागी भएका पिडितलाई राहत सामग्री

नेपाल भारत मैत्री संघले दियो जरलहवा बस्तीमा आगलागी भएका पिडितलाई राहत सामग्री

  • मिडिया डबली
  • मंगलवार, बैशाख १८ २०८१

  • 1.3K
    SHARES

  • नेपाल भारत मैत्री संघले दियो जरलहवा बस्तीमा आगलागी भएका पिडितलाई राहत सामग्री

    काठमाडौँ- महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा ‘बस्ने बास र खाने गाँस’ गुमाएका अग्नीपीडितलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ ।

    संघको केन्द्रीय कार्यालयको प्रतिनिधी टोलीले आगलागी क्षेत्रमा उपस्थितभइ  १०५ परिवारको लागि राहत वितरण गरेको जानकारी दिएको छ। संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा मक्षडदानी झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरेको बताएका हुन्।

    त्यस्तै, लुंगी, भेष्ट, साडी, ब्लाउज कपडा, पेटीकोट, च्यादरको १०५ परिवारको लागि वितरण गरिएको सुबेदीले बताए । मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो।

    nepal_bharat (1).jpgसो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो ।

    आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए । यसबाट ४५५ जना व्यक्ति प्रत्यक्ष प्रभावित भएको नगरपालिकाको आकडाँले देखाएको छ ।

    सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएको मटिहानी नगरपालिकानगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् ।

    nepal_bharat (3).jpgसो आगलागीमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरु र विभिन्न निकायसँग अपिल गरिएको थियो ।

    सोही अपिल अनुसार मैत्री संघले राहत वितरण गरेको संघका महासचिव सुबेदीको दाबी छ । संघले यस अगाडि पनि भूकम्प, बाडी पहिरोजस्ता विपतमा राहत वितरण गर्दे आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १८ २०८१०९:४६:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend