काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन् ।
इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।
अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन् ।
उनले भनेका छन्-
ईलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो । वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट सोच्न आह्वान गर्दछु ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।