काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा छन् । आगामी मंसिर १५ देखि १७ गतेसम्म राप्रपाको महाधिवेशन तोकिएको छ ।
जसका लागि अहिले महाधिवेशन प्रतिनिधि छनोटको तयारी भइरहेको छ । मंसिर ९ गते राप्रपाले देशभर महाधिवेशन प्रतिनिधि चयन गर्न अधिवेशनको मिति तोकेको छ ।
राप्रपामा अध्यक्ष बन्न अहिले कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लागिपरेका छन् । तर, राप्रपामा आगामी महाधिवेशनपछि को अध्यक्ष बन्छ भन्ने निक्र्योल भइसकेको छैन ।
सम्भवतः महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्रै संकेत देखिने भएको छ । राप्रपामा अहिले युवा पुस्तालाई नेतृत्व दिनुपर्ने आवाज उठेको छ ।
सोही कारण अहिलेका अध्यक्षत्रयलाई विस्थापित गर्ने गरी राप्रपामा नयाँ समीकरण बनेको छ । राप्रपा अध्यक्ष थापाले धवलशमशेर राणालाई कार्यसम्पादन समितिमै नराखेपछि राप्रपामा नयाँ समीकरण बनेको हो ।
आफूलाई कार्यसम्पादन समितिमा नराखेको रिस राणाले कमल थापालाई रिङआउट गरेर लिने रणनीति अख्तियार गरेका छन् ।
आफू अध्यक्ष नबनी राणाले झापाका राजेन्द्र लिङ्देनलाई भावी अध्यक्षको रूपमा खडा गरेका छन् । लिङ्देनलाई अध्यक्ष बनाउने राणाको तयारीपछि पार्टीका नेता कार्यकर्तामा उत्साह छाएको छ ।
यदि लिङ्देन अध्यक्षमा उठेमा पशुपतिशमशेर र प्रकाशचन्द्र पक्षका महाधिवेशन प्रतिनिधिले पनि लिङ्देनलाई साथ दिने बुझिएको छ ।
सोही कारण अहिले कमल थापाको निदहराम भएको स्रोतले बतायो । थापा प्रवृत्तिकै कारण राप्रपा रसातलमा पुगेको धेरैको ठम्याइँ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।