काठमाडौं - इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।
लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।