विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ ।
दुईजनाबीचको अन्तर ५ हजार ६६२ मत छ । पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् । नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।