इलाम - इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।
सुहाङ र डम्बरबिच ३ हजार ५९ मतान्तर रहेको छ । त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् ।
अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।