सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन : गगन थापा

वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन : गगन थापा

  • मिडिया डबली
  • शनिवार, बैशाख ८ २०८१

  • 2.3K
    SHARES

  • वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिना नकट्ने दाबी गरेका छन् ।

    शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे ।

    उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताए ।

    उनले चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

    उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जताकोअघि भन्न सक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईँहरूको बीचमा फेरि जवाफ दिन आउनेछु ।मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको । चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो ।चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गठबन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ । आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ । यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’

    उनले इलाम क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका डम्बर खड्कालाई जिताउन आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख ८ २०८१०४:११:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend