सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

  • मिडिया डबली
  • बुधवार, बैशाख ५ २०८१

  • 4.1K
    SHARES

  • सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

    धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ ।

    एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो ।

    एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

    एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफुहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् ।

    एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबि गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् ।

    एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ५ २०८१०१:२६:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend