सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

  • मिडिया डबली
  • आइतवार, बैशाख २ २०८१

  • 2.5K
    SHARES

  • कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ ।

    आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

    लेखकले बैठकका निर्णय जानकारी दिदै भने- 'प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।

    यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

    सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसले टिप्पणी गरको छ । कांग्रेसले सहकारी ठगिको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको लेखकले जानकारी दिएका छन् ।

    साथै कांग्रेसले संसदमा विधेयक प्रस्तुत गर्न नसकेको भन्दै सरकार नागरिकका जनजिविकाका सवालमा असफल भएको निष्कर्ष निकालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २ २०८१११:२०:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend