सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

  • मिडिया डबली
  • शनिवार, बैशाख १ २०८१

  • 1.3K
    SHARES

  • जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

    धनुषा । जनकपुरमा ‘जनकपुरधाम सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ ।

    स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जको सहकार्यमा जनकपुरस्थित मिथिला यात्री निवासमा सो महोत्सवको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले गरेका थिए ।

    महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक सांस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएका थिए ।

    अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको थियो ।

    कार्यक्रममा लोक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा कलाकारहरूले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए ।

    मिथिला नाट्य कला परिषद् (मिनाप) का कलाकारहरूले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १ २०८१०७:१२:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend