काठमाडौँ । गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर अगाडी बढेपछि अब कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
अधिकारीले आजै ३: ३० बजे तीन सदस्यीय मन्त्रिपरिषद बनाएर शपथको तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।