पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ । तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ ।
कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।