दाङ, २३ चैत । लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्विकृत गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजिनामा आज स्विकृत गरेका हुन् ।
‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजिनामा स्विकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पु¥याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।