काठमाडौँ । नेपाली काङ्ग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत वनभोज कार्यक्रमको आयोजना गरिएको छ।
काठमाडौँलाई आधारशिला बनाएर बसोबास गरिरहेका पार्टी नेता कार्यकर्ताहरूलाई लक्षित गरेर आयोजित वनभोज कार्यक्रमको अवसरमा २०८१ सालको नयाँ भित्तेपात्रोको समेत विमोचन हुने सम्पर्क समितिका सचिव रवि काफ्लेले जानकारी दिए ।
कीर्तिपुरको चोभारमा शनिबार हुने शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रममा पार्टी नेता कार्यकर्ताहरूको सहभागिता रहने सम्पर्क समितिका सचिव काफ्लेको भनाइ छ ।
दोलखा काठमाडौँ सम्पर्क समिति अध्यक्षको जिम्मेवारी सरोज शिवाकोटीलाई दिएयता यो समितिले राजधानीमा बसोबास गर्दै आएका नेता कार्यकर्ताहरू लक्षित विभिन्न गतिविधिहरु गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।