धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।
सरकारले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता गरको हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संबिधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो ।
नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन । त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् ।
यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।