सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

  • मिडिया डबली
  • सोमवार, चैत्र १९ २०८०

  • 1.8K
    SHARES

  • एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

    लेटाङ । मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकिकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरीभएपछि सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् ।

    एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका हुन् ।

    सेयर सदस्य तथा स्थानिय संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सन्चालक समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

    गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो ।  ‘एकिकृत जनभावना सहकारी मोरङको दोस्रो ठुलो सहकारी हुनु आफैमा गौरवको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, सहकारी ऐन र मुल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ । 

    ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनितिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए ।  उनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे । 

    सेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सन्चालक समिति गैह्र जिम्मेवारीपन देखाउदैं, सिसिटिभि फुटेज गायव पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १९ २०८००३:०७:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend