धनगढी, १४ चैत । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।