काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।
यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।
महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भयेक्को जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् ।
महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।